Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा भिड्दै

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा भिड्दै

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हिजोदेखि सुरु भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डू, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077