Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रसाईं भेट्न जिल्ला प्रहरी परिसर पुगेका ९ जना प्रहरी नियन्त्रणमा

प्रसाईं भेट्न जिल्ला प्रहरी परिसर पुगेका ९ जना प्रहरी नियन्त्रणमा

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरमा प्रसाईं भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्।

प्रसाईंलाई पक्राउ गरिएको विरोध गर्दै केही व्यक्तिहरु उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

उनीहरु विभिन्न बहानामा त्यहाँ पुगेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कोही चालक, कोही सहयोगी, कोही आफन्त, कोही सुभचिन्तक भन्दै भेट्न पुगेका थिए ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए ।

निरन्तर सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी केहि व्यक्तिहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सरकारले प्रसाईँलाई पक्राउ गरेको थियो ।

आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ।

उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077