Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएलमा आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने

एनपीएलमा आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाज खेल्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाण्डूको कप्तानी करण केसीले सम्हालेका छन्।

यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । सुदूरपश्चिम पनि काठमाण्डूलाई हराएर एनपीएलमा सुखद सुरुवात गर्ने दाउमा छ । सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077