Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

बुधवार , मंसिर ३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार तेम्बा बजारमा मङ्गलबार राति करिव ११ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको उपाध्यक्ष शेर्पाले जानकारी दिए ।

उक्त सबै घरमा होटल तथा अन्य पसल रहेका थिए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको बताइएको छ । मध्यराति आगलागी भए पनि मानवीय क्षति भने भएको छैन । आगलागीको कारण खुलेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077