Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक नियुक्तिमा साढे ४ लाख घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षक नियुक्तिमा साढे ४ लाख घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार , मंसिर ३, २०८२

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले घुस लिएको आरोपमा रौतहटका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अयोगले रौतहटको देवाही गोनाही नगरपालिका-९ स्थित जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर गरेको हो ।

स्रोतका अनुसार वीरगन्जका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए । प्रधानाध्यापक प्रसादले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए ।

उनले विचौलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम उनका सहयोगी अरविन्द प्रकाश साहकानुलाई बुझाएका थिए ।

[insert page='371801' display='yopanipadhnuhos.php']

उक्त रकम लिँदै गर्दा उनका सहयोगी साहकानु पनि अख्तियारको फन्दामा परेका थिए ।

दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077