काठमाडौं । नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेरेर फर्किने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।
क्यानले बुधबार सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा मुस्कान ट्राभल्ससँग सहकार्य गर्दै निःशुल्क बस सेवा दिने जनाएको हो ।
क्यानले भनेको छ, 'नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताज्यूको पहलमा क्रिकेट खेल हेरेर फर्किने, आफ्नो सवारी साधन नभएका विशेषगरी महिला, वृद्ध र अशक्तहरूको लागि निःशुल्क बससेवा सुचारु हुने भएको छ । यसको लागि मुस्कान ट्राभल्ससँग सहकार्य रहेको छ ।'
सेवा आजदेखि खेल अवधिसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुने क्यानले जनाएको छ ।