Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलमा आज चितवन र लुम्बिनी खेल्दै, कसले मार्ला बाजी ?

एनपीएलमा आज चितवन र लुम्बिनी खेल्दै, कसले मार्ला बाजी ?

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दैछन् ।

आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स मैदानमा उत्रिनेछ ।

यता, युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077