Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहारमा दशौँपटक मुख्यमन्त्रीको शपथ लिँदै नीतीश कुमार

बिहारमा दशौँपटक मुख्यमन्त्रीको शपथ लिँदै नीतीश कुमार

बिहिवार , मंसिर ४, २०८२

एजेन्सी । भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू) का नेता नीतीश कुमारले आज दशौँ पटक शपथग्रहण गर्दैछन् ।

बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले हिजो साँझ राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए ।

एनडीएका अन्य नेताहरूसँगै नीतीश कुमारले बिहारमा सरकार बनाउने दाबी पेस गरेका थिए ।

बिहारमा नयाँ एनडीए सरकारको शपथग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस कार्यक्रममा सहभागिता जनाउनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077