Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरा प्रदर्शन: जेनजी युवालाई सीडीओले बोलाए वार्तामा

सिमरा प्रदर्शन: जेनजी युवालाई सीडीओले बोलाए वार्तामा

बिहिवार , मंसिर ४, २०८२

बारा । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरुलाई वार्तामा बोलाएका छन् ।

जेनजी आन्दोलनका अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी सीडीओ मिश्रले शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्न आवश्यक रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि बोलाएका हुन् ।

प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको भन्दै उपाध्यायले सीडीओ कार्यालयमा आफूहरू आउँदा भीड पनि त्यतै जान सक्ने भएकाले त्यहा जान सक्ने अवस्था नभएको बताएका छन् ।

आन्दोलनरत जेनजी युवाहरूले वार्ता सिमरास्थित इलाका प्रहरी कार्यालयमै हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077