Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएल- २: टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्दै

एनपीएल- २: टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्दै

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।

टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लुम्बिनीको यो पहिलो खेल हो। चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

लुम्बिनी लायन्स

रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नैब, रुबेन ट्रम्पल म्यान, जोनाथन स्मिथ, समिर अली।

चितवन राइनोज

कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउँद, अमरसिंह रौटेला, दिपक बोहरा, कमलसिंह ऐरि, डेबिड मलान, रबि बोपारा, सैफ जैब, सोहेल तनवीर।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077