Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्चको आदेश

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन आदेश जारी गरेको छ।

उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसमेत जारी गरेको हो ।

प्रसाईंलाई प्रशासनको अनुमति नखेपिकन विरोध प्रदर्शनको चेतावनी दिएपछि सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनकै विरुद्धको म्याद थप गर्दै उनलाई थुनामा राखिएको छ।

थुना प्रक्रिया गैरन्यायिक भएको भन्दै छोराले दायर गरेको रिटमा सर्वोच्चले सरकार पक्षलाई प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्ने स्पष्ट कारण पेस गर्न निर्देशन दिएको छ ।

साथै, आवश्यक कागजातसहित २४ घण्टाभित्र प्रसाईंलाई अदालतमा पेश गर्न आदेश जारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077