Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको चितवनले सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले ६६ रन बनाए ।

त्यस्तै, कप्तान कुशल मल्ल १८ बलमा एक छक्काको सहयोगमा २१ रन, सैफ जैबले १५ रन, देव खनाल १४ रन, ओपनर दिपक बोहरा १० रन, अर्का ओपनर डेबिड मलान रुबेन ट्रम्पलमेनकै बलमा बोल्ड आउट भए ।

अर्जुन साउँद आठ रनमा नटआउट रहे। सोहेल तनविर पाँच रनमा क्याच आउट भए। लुम्बिनीका लागि रुबेनले तीन, अविशेष र गुल्बदिन नैबले दुई–दुई विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077