Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनबारे छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनबारे छलफल हुने

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।

आजको बैठकलेमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । यसअघि बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको थियो।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो।

यसअघि निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो।

तर, यसपटक जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था सामान्य नरहेकाले सरकारले चाँडै सेनालाई फिल्डमा खटाउन लागेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077