Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएल-२: पोखरालाई सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य

एनपीएल-२: पोखरालाई सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले ७ विकेट गुमाएर १९३ रन बनायो।

सुदूरका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए।

पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई रदुई विकेट लिए।

पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077