चितवन । चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । माडी नगरपालिका(१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो ।
उनलाई शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खसेको थियो। यसक्रममा बसका दुई यात्रु घाइते भएका छन् ।
घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।