Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल-२: लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्ने

एनपीएल-२: लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्ने

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ।

कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११:१५ बजे हुने पहिलो खेल हुँदैछ। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ।

लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ ओटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077