काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
शनिबार पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३९ रन बनाए ।
त्यस्तै, रुबेन ट्रम्पलमेनले २९, जोनाथन स्मिथले २३ र डिआर्सी सोर्टले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।