काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल सिजन-२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गरिरहेको छ ।
टीयु क्रीकेट मैदानमा काठमान्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।
प्रतियोगितामा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ ओटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।