Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ट्रम्पको चेतावनीबीच ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो गिरफ्तार

ट्रम्पको चेतावनीबीच ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो गिरफ्तार

आइतवार , मंसिर ७, २०८२

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ।

सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा बोल्सोनारोलाई सेप्टेम्बरमा २७ वर्ष र तीन महिनाको जेल सजाय सुनाइएको थियो।

अपिल अस्वीकार भएपछि सोमबार थप पुनरावेदन दायर गर्ने उनको वकिलहरूले बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले बोल्सोनारोलाई पक्राउ गरिएको कारण सजायको कार्यान्वयन नभई ‘उच्च उडान जोखिम’ भएको बताए। उनले शनिबार मध्यरातपछि बोल्सोनारोको इलेक्ट्रोनिक एनकल मोनिटरमा हेरफेर भएको र छोराले आह्वान गरेको प्रदर्शनले भाग्ने वातावरण सिर्जना भएको उल्लेख गरे।

सन् २०१९ देखि सन् २०२२ सम्म ब्राजिलमा शासन गरेका बोल्सोनारोलाई अगस्टमा नजरबन्दमा राखिएको थियो।

बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी हुन् । ट्रम्पले बोल्सोनारोको मुद्दालाई ‘राजनीतिक शिकार’ भनेका छन् र ब्राजिलमाथि दण्डात्मक कार तथा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077