Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रिमियर लिगमा आज विश्राम, भोलि दुई खेल

नेपाल प्रिमियर लिगमा आज विश्राम, भोलि दुई खेल

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको आज सातौं दिन आइतबार खेल राखिएको छैन ।

नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।

भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

हालसम्मको अंकतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्।

तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ। दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077