काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाबारे गठित छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
आयोगले हालसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजी सम्मका दर्जनौँ उच्च अधिकारीहरूसँग बयान सकाइसकेको छ ।
उच्च स्रोतका अनुसार आयोगले यतिबेला सुरक्षा निकायका सबै तहमा समानान्तर रूपमा तथ्य खोजी गरिरहेको छ । आयोगले सम्भव भएसम्म एक साताभित्रै सबै बयान सक्ने लक्ष्य राखेको छ ।