Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवक पक्राउ

एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवक पक्राउ

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ ।

युवा संघको कार्यक्रमका लागि आज सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलको एयरपोर्ट लाइन सडकमा आक्रमणको प्रयास भएको हो।

बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेनजी युवाले रातो मसी रातो मसी (अबिर मिसिएको पानी) छ्यापेका छन् ।

युवा संघ नेपालको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन श्री एयरलाइन्सको जहाजबाट १०:५० बजे विराटनगर आएका बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा प्रहरी भ्यानको स्कर्टिङमा थिए। त्यही बेला सडक किनारबाट दौडँदै आएका एक युवकले बस्नेत चढेको बा २ झ ७६१ नम्बरको कारमा बेलुनभित्रको रातो मसी छ्यापेका थिए।

प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।

पक्राउ परेका कुँवरले प्रहरीलाई दिएको बयानमा “महेश बस्नेत र नेकपा एमालेविरुद्ध सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको” बताएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077