Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले नेता महेश बस्नेतको विरोधमा दुहबीमा पनि टायर बालेर प्रदर्शन

एमाले नेता महेश बस्नेतको विरोधमा दुहबीमा पनि टायर बालेर प्रदर्शन

आइतवार , मंसिर ७, २०८२

सुनसरी। नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि जेनजी युवाहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ ।

विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।

मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवर रहेका छन् ।

उनीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् । कुँवर पनि नेविसंघ निकट नै रहेको भन्ने जानकारी प्रहरी स्रोतबाट आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077