Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल-२: सुदूरपश्चिमविरुद्ध टस जितेर कर्णाली पहिला बलिङ गर्दै

एनपीएल-२: सुदूरपश्चिमविरुद्ध टस जितेर कर्णाली पहिला बलिङ गर्दै

सोमवार , मंसिर ८, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच भइरहेको छ।

कर्णालीले टस जितेर बलिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रेको छ।

आज दुवै टिमले प्लइङ ११ मा कुनैपनि परिवर्तन गरेका छैनन्।सुदूरपश्चिम लगातार तेस्रो जित दर्ज गर्दै जितको‌ सिलसिलालाई निरन्तरता दिने दाउमा रहनेछ।

कर्णाली भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। यसअघि सुदूरपश्चिम ले काठमाडौं गोर्खाजलाई २९ रनले र पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो। सुदूरपश्चिम ४ अंक रहेको छ।

कर्णाली पहिलो खेलमा ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराएको थियो। २ खेलबाट उसले २ अंक जोडेको छ।

आज भएको पहिलो खेलमा भने विराटनगरले कम योगफलको रोमाञ्चक खेलमा साविक विजेता जनकपुरलाई ९ रनले हराउँदै लगातार तेस्रो निकालेको छ।

जनकपुरले भने दोस्रो खेलपछि पनि अंकको खाता खोल्न सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077