Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - ११औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छ

शंकर पोखरेल भन्छन् - ११औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छ

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व चयन र प्रतिगमनविरुद्धको राजनीतिक संघर्षमा केन्द्रित हुने बताएका छन् ।

सोमबार बसेको ११औँ महाधिवेशन प्रचार समितिको भेलालाई सम्बोधन गर्दै उनले महाधिवेशनले पार्टीको भविष्यको दिशा, संगठनको शक्ति र राजनीतिक सन्देशलाई नयाँ मोड दिने बताएका हुन् ।

महासचिव पोखरेलका अनुसार विधान महाधिवेशनमार्फत नीति तथा कार्यक्रम पारित भइसकेकाले मंसिर २७ गतेदेखि हुने राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनमा केन्द्रीत हुनेछ।

'महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्म सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहनेछ,' उनले भने ।

पोखरेलले देशका राजनीतिक परिस्थिति, शासन प्रणालीको चुनौती र प्रतिगमनका प्रयासहरूलाई संकेत गर्दै ११औँ महाधिवेशन निर्णायक मोडको रूपमा उपस्थित हुने दाबी गरे।

'यो महाधिवेशन प्रतिगमन विरुद्धको ऐतिहासिक राजनीतिक प्रक्रिया बन्नेछ,' उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077