काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे खेल सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ । उता दुई खेलमध्ये एक जित्न सफल चितवन दुई अंकसहित चितवन चौथो स्थानमा छ ।
विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन, दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेट र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो ।
विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।