Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोल छरेर आफैलाई आगो लगाएका पुरूषको मृत्यु

पेट्रोल छरेर आफैलाई आगो लगाएका पुरूषको मृत्यु

बुधवार , मंसिर १०, २०८२

सर्लाही । सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। उपचारका क्रममा बुधबार बिहान २ः१० बजे सूर्यप्रसाद पोखरेलको निधन भएको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ घर भएका ५५ पोखरेलले मंगलबार बेलुकी शरीरमा पेट्रोल छरेर आफैलाई आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बेलुकी ८ बजे प्रहरी घटनास्थल पुगेको प्रहरीले जलेर गम्भीर घाइते भएको अवस्थामा रहेको पोखरेलले उपचारका लागि सिटी हेल्थ केयर लालबन्दीमा पुर्‍याएको थियो ।

उनको ९० प्रतिशत शरीर जलेको र थप उपचारका लागि ९ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । उपाचारकै क्रममा आज बिहान उनको निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077