Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय सभागृहमा काँग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

राष्ट्रिय सभागृहमा काँग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला राखेको छ ।

भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला राखिएको हो।

पार्टीको निकासको लागि अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै आफूहरूले दबाब दिनको लागि भेला आयोजना गरेको नेता गुरुराज घिमिरेले बताए।

काँग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ। त्यसबारे असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय लिन सकेको छैन। उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई दबाब बढाइरहेका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते उनीहरूले प्रस्ताव दर्ता गरेका थिए। विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गरिसक्नुपर्ने भए पनि संस्थापन पक्षले टार्न खोजेको उनीहरू बताएका छन्।

भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077