Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत धनगढी पुग्दा तनाव: जेनजीमाथि युवा संघको आक्रमण, केही घाईते

महेश बस्नेत धनगढी पुग्दा तनाव: जेनजीमाथि युवा संघको आक्रमण, केही घाईते

बुधवार , मंसिर १०, २०८२

धनगढी। कैलालीको धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ ।

बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले निकट युवा संघका कार्यकर्ताहरुबीच झडप हुँदा तनाव भएको हो

बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिक युवाहरुले प्रदर्शन गरिरहेका थिए । जेनजीको प्रदर्शनस्थलमा मोटरसाइकल याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेरा तोड्दै जेनजी प्रदर्शनकारीमाथि आक्रमण गरेका हुन् ।

सो क्रममा केहि जेनजी युवाहरु घाईते भएका छन्। उनीहरुको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।

जेनजी आन्दोलनपछि युवाहरु बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

यसअघि गत ४ मंसिरमा बारा, ७ मंसिरमा विराटनगरमा र मंगलबार मात्रै सुर्खेतमा केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए।

जेनजी समूहले ठाउँठाउँमा अवरोध गर्न खोजेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077