Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ ।

एनपीएलको पहिलो सिजनमा यी दुई टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो ।

यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077