Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली कम्युनिस्ट पार्टी र जसपाको श्रेष्ठ समूहबीच आज एकता हुँदै

नेपाली कम्युनिस्ट पार्टी र जसपाको श्रेष्ठ समूहबीच आज एकता हुँदै

बिहिवार , मंसिर ११, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच आज एकताको औपचारिक घोषणा हुने भएको छ ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा दिउँसो १ बजे एकता घोषणा हुने भएको हो ।

एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077