Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल- २: सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरूद्ध पहिले बलिङ गर्दै

एनपीएल- २: सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरूद्ध पहिले बलिङ गर्दै

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अङ्क बटुलेको छ।

अघिल्लो खेलबाट लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। जोनाथन स्मिथको स्थानमा थोमस ड्राका सुरुवाती ११ मा आएका छन्।

सुदुरपश्चिमले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077