काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै छन् ।
जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।
चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो साढे १ बजे राष्ट्रिय सभागृहमा हुँदै छ ।
कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदै छ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदै छ ।
यस अघि दल र विभिन्न अभियानसहित १० दल एक ठाउमा आएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत समाहित भएको थियो ।