Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महाधिवेशनबारे विवाद मिलाउन आफूनिकट नेताहरूसँग छलफलमा देउवा

महाधिवेशनबारे विवाद मिलाउन आफूनिकट नेताहरूसँग छलफलमा देउवा

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफू निकटका नेताहरु छलफल गरिरहेका छन्।

पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँले छलफल थालेका हुन्।

अहिले देउवासँग उनीनिकटका शीर्ष नेताहरूबिच छलफल जारी रहेको एक नेताले बताए।

देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा. शशांक कोइराला र डा. प्रकाशशरण महतलगायत सहभागी छन्।

देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, महामन्त्रीद्वयसहितका नेताहरूले निर्वाचनअघि कांग्रेसमा नयाँ नेतृत्व चाहिएको भन्दै नियमित नभए विशेष महाधिवेशन भने पनि गर्नै पर्ने दबाब दिइरहेका छन्।

विशेष महाधिवेशन माग गर्दै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेका छन्। हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077