Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी अगुवा मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

जेनजी अगुवा मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । महिला हिंसा विरुद्धकी अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेकी छिन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणासंगै पार्टी प्रवेश गराएका हुन् । योसंगै उनलाई पार्टीले केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको छ ।

वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी) सम्मान प्रदान गरेको थियो ।

राष्ट्रिय सभागृहको कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा ९बहुमत० बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि समाहित भएका छन् ।

त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । यादवले आजै जसपा परित्याग गरेका थिए ।

उनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077