Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र एमालेका शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्री कार्की र एमालेका शीर्ष नेताहरू छलफलमा

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल भइरहेको छ ।

केहीबेर अघि सुरु भएको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

यस्तै नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

सरकारले आगामी फागुन २१ को निर्वाचनको तयारी गरिरहँदा एमालेले भने देशमा निर्वाचनको वातावरण नभएको भन्दै सरकारको आलोचना गर्दैै आइरहेको छ । त्यसो एमाले नेताहरु काठमाडौं बाहिर जाँदा विरोधसहित झडपको स्थिति सिर्जना भइरहेको छ ।

सोहि बिषयलाई लिएर प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् ।

साथै आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077