Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।

आज भएको दोस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनायो ।

जनकपुरका वेन पोर्नेलले ५० रन बनाएर रिटायर्ड आउट भए । यस्तै सञ्जय कृष्णिमूर्तिले २५ रन बनाए । पोखराका बिपिन खत्रीले ४ विकेट लिए । यस्तै सुमित बर्माले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । पोखराका सुमीत वर्माले नटआउट ५०, दिनेश खरेलले ३८ रन बनाए । जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए ।

एनपीएल तालिकामा पुछारमा रहेको पोखराले पहिलो पटक जित्दै २ अङ्क जोडेको छ । पोखरा एक स्थान उक्लिएको छ । लगातार तीन खेलमा हारेको जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा झरेको छ ।

यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077