Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्‍यो, अब आइतबार बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्‍यो, अब आइतबार बस्ने

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सरेको छ । यसअघि बिहीबार दिउँसो बस्ने गरी बोलाइएको बैठक शुक्रबार दिउँसो बस्ने गरी सारिएको थियो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना प्रकाशित गरी शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी सारिएको जानकारी दिएका हुन् ।

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ,' पौडेलले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077