Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्णबहादुरले माफी माग्दै भने - जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु

पूर्णबहादुरले माफी माग्दै भने - जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सारेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।

उनले बैठक सारिएको विषयमा जानकारी गराउँदै सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् । उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरेपनि स्वीकार गर्ने प्रतिक्रिया दिए ।

'माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ। जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु । म कार्यवाहक रहेसम्म', उनले बिहीबार राति एक्समा लेखेका छन् ।

महाधिवेशनको विषयमा विवाद भएपछि कांग्रेसको बैठक पटक पटक सर्दै आएको छ । अब बैठक आइतबार दिउँसो २ बजे बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077