Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, सुदूरपश्चिमबाट सुरूवात हुँदै

आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, सुदूरपश्चिमबाट सुरूवात हुँदै

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय सन्देश सभा आजदेखि सुरू हुँदैछ ।

कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो ।

पहिलो दिन शुक्रबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा हुँदैछ। सुदूपश्चिम सन्देश सभा धनगढीमा आयोजना हुनेछ।

सन्देश सभाको आयोजनाको जिम्मा पार्टीको सुदूरपश्चिम प्रदेश समितिलाई दिइएको छ। सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले गर्नेछन्।

लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ।

साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ।

मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077