काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफू निकटका नेताहरु आजपनि छलफल गर्न लागेका छन्।
पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग छलफल गर्न लागेका हुन्। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए।
बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।
देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, महामन्त्रीद्वयसहितका नेताहरूले निर्वाचनअघि कांग्रेसमा नयाँ नेतृत्व चाहिएको भन्दै नियमित नभए विशेष महाधिवेशन भने पनि गर्नै पर्ने दबाब दिइरहेका छन्।
विशेष महाधिवेशन माग गर्दै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेका छन्। हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।