Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएल: काठमाण्डु गोर्खाजले चितवनलाई दियो १४३ रनको लक्ष्य

एनपीएल: काठमाण्डु गोर्खाजले चितवनलाई दियो १४३ रनको लक्ष्य

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोजलाई काठमाण्डु गोर्खाजले १४३ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो।

काठमाण्डुका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन बनाए। मिलिन्द कुमार ३८, बेन चार्लेसवोर्थ १३ बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। आदिल आलम ८, रसिद खान र दिपेश कंडेल समान ६र६ रन, आकाश त्रिपाठी ४, करण केसी १, जेरार्ड एरासमस र सन्तोष यादव शून्यमा पेभेलियन फर्किए।

चितवनका लागि सोहेल तान्विर चार, रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई दुई विकेट लिए भने रवि बोपराले एक विकेट लिए।

कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ।

यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077