Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: विराटनगरविरूद्ध कर्णालीले पहिले ब्याटिङ गर्दै

एनपीएल: विराटनगरविरूद्ध कर्णालीले पहिले ब्याटिङ गर्दै

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोम्पाल कामीले टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको निम्तो दिए ।

कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।

यता विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।

यसअघि भएको खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077