Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएल: विराटनगरलाई कर्णालीले दियो १६१ रनको चुनौती

एनपीएल: विराटनगरलाई कर्णालीले दियो १६१ रनको चुनौती

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई कर्णाली याक्सले १६१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ उत्रिएको कर्णालीले तीन विकेट गुमाएर १६० रन बनाएको हो।

कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने विलियम बसिस्टोले ४८ र नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे।

विराटनगरका लागि मर्चेन्ट दे लेन्गे र कप्तान सन्दिप लामिछानेले समान एक/ एक विकेट लिए।

कीर्तिपुरमा जारी तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077