Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीविरुद्ध विराटनगरका बसिरले हाने अर्धशतक

कर्णालीविरुद्ध विराटनगरका बसिरले हाने अर्धशतक

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सका बसिर अहमेदले अर्धशतक प्रहार गरेका छन् ।

शुक्रबार कीर्तिपुरथित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट बसिरले १७औँ ओभरमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।जारी खेलको १८.३ ओभरमा विराटनगरले ६ विकेट गुमाएर १४५ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६० रन बनाएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077