Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलनसँगको सम्झौता छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

जेनजी आन्दोलनसँगको सम्झौता छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गरेकी छन् । सरकार र आन्दोलनकारीबीच तयार भइसकेको सम्झौता मस्यौदालाई अन्तिम रूप दिन छलफल भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका क्रममा ‘जेनजी’ प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर प्रक्रिया अनावश्यक रूपमा ढिलो भएको बताउँदै चाँडो निष्कर्षमा पुग्न आग्रह गरेका थिए।

सरकारका अधिकारीहरूले आन्दोलनकारीतर्फबाट प्राप्त प्रस्तावित दस्तावेज अध्ययन भई अन्तिम रूप दिने काम अन्तिम चरणमा रहेको जानकारी गराए।

प्रधानमन्त्री कार्कीले विषयलाई अब ढिला नगरी निष्कर्षमा पुर्‍याउन स्पष्ट निर्देशन दिँदै प्रक्रिया तीव्र बनाउन मन्त्री र अधिकारीहरूलाई आह्वान गरिन् । उनले भनिन्, 'अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, नभए भोलि शनिबार पनि काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ हेर्नुहोस्। तर सोमबारभित्र अन्तिम रूप दिइसकिएको हुनुपर्छ।'

सम्भावित राजनीतिक जोखिमबारे उठेका चिन्तालाई सम्बोधन गर्दै उनले आफू र आफ्नो मन्त्रिपरिषद् त्यसका लागि जिम्मेवार हुने स्पष्ट गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077