Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदाता प्रभावित पार्ने काम रोकिनुपर्छ, सदनमा राम्रा मान्छे पुग्नुपर्छ : प्रधानमन्त्री कार्की

मतदाता प्रभावित पार्ने काम रोकिनुपर्छ, सदनमा राम्रा मान्छे पुग्नुपर्छ : प्रधानमन्त्री कार्की

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने बताएकी छन् ।

नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने बताइन् ।

'यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडक भडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुने गरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा पनि राम्रा मान्छे पुग्छन्। तपाईँहरु पनि सदनमा असल मान्छे पठाउनुहोस्। सदनमा राम्रा मान्छे पुग्नुपर्छ,’ उनले भनिन् ।

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले यो सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077