Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु

दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु

शनिवार , मंसिर १३, २०८२

सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ ।

उनी सवार लु.३६ प.३८८६ नम्बरको स्कुटरलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर-२ मा कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।

मोटरसाइकल २३ वर्षीय यामबहादुर शाहीले चलाएका थिए। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कालिकोटको शुभकालिका-६ हाउडी घर भएका ३४ वर्षीय आचार्य कालिकोटको ताडिस्थित रेडियो तिला आवाजका संचालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077