Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ, नेतृत्वमा एकता अत्यावश्यक : महासचिव पोखरेल

राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ, नेतृत्वमा एकता अत्यावश्यक : महासचिव पोखरेल

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको भन्दै नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका छन् ।

शनिबारबिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए ।

‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ। यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौं– सम्भव छ,’ महासचिव पोखरेलले भने ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते काठमाडौं उपत्यकामा हुँदैछ । महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन हुँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077