Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनपीएल: लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै

एनपीएल: लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कप्तान रोहित पौडेलले टस जितेसँगै पोखरा एभेन्जर्सलाई ब्याटिङमा आमन्त्रण गरेका हुन् ।

सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लय समातेको संकेत देखाएको छ।

उता, लुम्बिनी लायन्सले भने पहिलो खेलमा जित निकाले पनि त्यसपछि तीन खेलमा लगातार हार व्यहोरेको छ । आजको खेलमा हारको क्रम तोड्दै विजयी लयमा फर्कने लक्ष्य लुम्बिनीको छ ।

दुवै टोलीको अहिले समान २ अंक छ । तर, लुम्बिनीले ४ खेल खेलेको छ भने पोखराले ३ खेल मात्रै खेलेको छ ।

यस्तै आजै अर्को खेल जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077